नेरुडे लघुवित्तले २२ प्रतिशत बोनस सेयर दिने
बिहीबार, ०७ पुस २०७९, ११ : ४३

नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई २२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तको सञ्चालक समितिको २९९ औं बैठकबाट लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रूपैयाँ रहेको छ ।
चुक्ता पूँजीको २२ प्रतिशतले हुन आउने १३ करोड २० लाख रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो । यस्तै, कर प्रयोजनका लागि १.१५ प्रतिशतका दरले ६९ लाख ४७ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने जानकारी दिएको छ । बोनस सेयर र नगद लाभांश गरी कम्पनीले कूल २३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्