लक्ष्मी बैंकले लाभांश नदिने
बिहीबार, ०७ पुस २०७९, ११ : ३४
लक्ष्मी बैंकले आफ्ना सेयर लगानीकर्ताहरूलाई लाभांस वितरण नगर्ने भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको २६४ औं सञ्चालक समितिको बैठकले यही पुस २८ गते २२ औं वार्षिक साधारण सभाको आयोजना गर्ने निर्णय गरेको छ । तर, नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने र खाली हात राख्ने निर्णय गरेको हो ।
यद्यपि, कम्पनीले लाभांश वितरण नगरेपनि साधारण सभाका लागि पुस १५ गते बुक क्लोजको निर्णय गरेको छ । यसअघि, एनआईसी एसिया बैंकले समेत आफ्ना लगानीकर्ताको हात खाली राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु