शपथका लागि अस्पतालबाट नयाँ बानेश्वर जाँदै माधव नेपाल
बिहीबार, ०७ पुस २०७९, ११ : २६
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माधव कुमार नेपाल शपथमा उपस्थित हुने भएका छन् । तीन दिनयता त्रिवि शिक्षण अस्पतालमा उपचारमा उपचाररत नेपाल अस्पतालबाट नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरुको शपथमा जाने तय भएको समाजवादी प्रेस संगठनका नेता विश्वमणि सुवेदीले जानकारी दिए ।
उनका अनुसार शपथपछि नेपाल फेरि अस्पताल नै फर्किने छन् । ‘अस्पतालबाट शपथमा, त्यसपछि फेरि अस्पतालमै । पार्टी अध्यक्ष क. माधवकुमार नेपालको आजको सेड्युल’, सुवेदीको भनाइ छ ।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराउँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित