नागरिक उन्मुक्तिका सांसदले थारू भाषामा शपथ लिँदै
बिहीबार, ०७ पुस २०७९, १० : ३९
पार्टीका संरक्षक रेशम चौधरीको रिहाइको प्रक्रिया अगाडि नबढाइए शपथसमेत नखाने बताउँदै आएका नागरिक उन्मुक्ति पार्टीका सांसदले अन्ततः शपथ लिने भएका छन् । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले भनिन्,‘शपथ नखाए सांसदको औपचारिक मान्यता नपाइने भएकाले पार्टी केन्द्रीय समितिको बैठक बसी शपथ खाने निर्णय लिएका हौं ।’
पार्टीका ३ जना सांसद रन्जिता श्रेष्ठ चौधरी, अरुण चौधरी, गंगा चौधरी तथा पार्टीले समर्थन गरी जितेका स्वतन्त्र सांसद लालवीर चौधरी थारु भाषामा शपथ लिँदैछन् । अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार पार्टीबाट हालसम्म कुनै गठबन्धनलाई समर्थन गर्ने, सरकारमा जाने निर्णय गरिएको छैन ।
रन्जिता श्रेष्ठ चौधरीको थारु भाषामा शपथ नमूना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित