शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नागरिक उन्मुक्तिका सांसदले थारू भाषामा शपथ लिँदै

बिहीबार, ०७ पुस २०७९, १० : ३९
बिहीबार, ०७ पुस २०७९

पार्टीका संरक्षक रेशम चौधरीको  रिहाइको प्रक्रिया अगाडि नबढाइए शपथसमेत नखाने बताउँदै आएका नागरिक उन्मुक्ति पार्टीका सांसदले अन्ततः शपथ लिने भएका छन् ।  नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले भनिन्,‘शपथ नखाए सांसदको औपचारिक मान्यता नपाइने भएकाले पार्टी केन्द्रीय समितिको बैठक बसी शपथ खाने निर्णय लिएका हौं ।’

पार्टीका ३ जना सांसद रन्जिता श्रेष्ठ चौधरी, अरुण चौधरी, गंगा चौधरी तथा पार्टीले समर्थन गरी जितेका स्वतन्त्र सांसद लालवीर चौधरी थारु भाषामा शपथ लिँदैछन् ।  अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार पार्टीबाट हालसम्म कुनै गठबन्धनलाई समर्थन गर्ने, सरकारमा जाने निर्णय गरिएको छैन । 
रन्जिता श्रेष्ठ चौधरीको थारु भाषामा शपथ नमूना


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप