शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कमल चित्रकार : कांग्रेसले बिर्सिएका प्रजातान्त्रिक योद्धा

बिहीबार, ०७ पुस २०७९, ०९ : २५
बिहीबार, ०७ पुस २०७९

काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख कमल चित्रकारको यही २९ मङ्सिरमा निधन भएको छ । यो दुःखद खबर सुन्दा उहाँसँग जोडिएका मेरा अनुभव  र घटनाक्रम मानसपटलमा उद्वेलित भइरहेको छ । त्यसैले, केही लेख्नैपर्ने जिम्मेवारी बोध गरेको छु । 

काठमाडौँका रैथाने कमल चित्रकार एक पुराना नेपाली कांग्रेस कार्यकर्ता हुनुहुन्थ्यो ।  कलिलो उमेरदेखि नै कांग्रेसी राजनीतिमा लाग्नु भएका चित्रकार २०१७ साल अघि नै नेपाल तरुण दलको महामन्त्री हुनुहुन्थ्यो ।  २०१७ सालको राजनैतिक परिवर्तन अघि नै उहाँले एक जुझारु युवा कांग्रेसी नेताका रूपमा आफ्नो स्थान बनाई सक्नु भएको थियो । 

तत्कालीन नेपालका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति वीपी कोइरालाको सहयोगीका रूपमा काम गरी निकट सम्बन्धमा रहेका चित्रकार कांग्रेसी युवाहरुबीच आशलाग्दा नेताको रूपमा स्थापित भइसक्नु भएको थियो ।  

चित्रकारको राजनैतिक सुझबुझ र क्रियाशीलतालाई नजिकबाट नियाली राख्नु भएका वीपी कोइरालाले कमल चित्रकार भविष्यको प्रधानमन्त्री हो भन्ने अभिव्यक्ति पटक पटक दिनु भएको कुरा कांग्रेसी वृत्तमा चर्चित विषय बनेको कुरा पुराना कांग्रेसीहरु पछिसम्म गरिरहन्थे । 

राष्ट्रिय मेलमिलापको नीति लिएर वीपी कोइराला नेपाल फर्केपछि पनि कमल चित्रकार वीपी, किशुनजी र गणेशमानसंग निकट रहेर काम गर्नु भएको थियो । तर कांग्रेसी वृत्तभित्रै गणेशमान नजिकका केही व्यक्तिहरू कमल चित्रकारको राजनैतिक उचाइ कम गराउने प्रयासमा लागि रहेका थिए । 

२०१७ सालको परिवर्तन पछिको अवधिमा वीपी कोइरालालगायत अधिकांश नेताहरू जेल पर्दा कमल चित्रकार पनि केही वर्ष जेल पर्नु भयो ।  जेलबाट छुटेपछि प्रतिबन्धित अवस्थामा प्रजातन्त्रको पुनर्स्थापनाका लागि क्रियाशील रहनु भयो । 
प्रजातन्त्रप्रतिको उहाँको निष्ठा अविचलित थियो । त्यसैले प्रतिबन्धित अवस्थामा पनि खास गरी  युवाहरूलाई संगठित  गर्ने र नेतृत्व दिने काम गरी नै रहनु भयो ।  अहिलेका कांग्रेसी नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल, अर्जुन नरसिंह केसीलगायत सबैको नेता एवम् प्रेरणाको श्रोत हुनुहुन्थ्यो कमल  चित्रकार ।  

वीपी कोइराला, सुवर्ण शम्सेर, गणेशमान सिंहसमेत भारतमा निर्वासनमा रहेको अवधिमा कृष्णप्रसाद भट्टराईको राजनैतिक लाईनअनुरुप कमल चित्रकार नेपाल भित्रबाटै राजनैतिक परिवर्तनको प्रयास गर्ने कार्यमा सक्रिय रहनु भयो ।  त्यस अवधिमा २०३१ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर वीपी कोइराला,  गणेशमान सिंहसमेत भारत निर्वासनबाट फर्के । 

राष्ट्रिय मेलमिलापको नीति लिएर वीपी कोइराला नेपाल फर्केपछि पनि कमल चित्रकार वीपी, किशुनजी र गणेशमानसंग निकट रहेर काम गर्नु भएको थियो । तर कांग्रेसी वृत्तभित्रै गणेशमान नजिकका केही व्यक्तिहरू कमल चित्रकारको राजनैतिक उचाइ कम गराउने प्रयासमा लागि रहेका थिए । 

निर्वासनबाट फर्केपछि नेपाली कांग्रेसले पञ्चायती व्यवस्थालाई आत्मसात् नगरीकनै केही कार्यकर्तालाई पञ्चायतको  चुनावमा भाग लिन लगाउने र व्यवस्थाभित्रै रहेर पनि प्रजातन्त्र स्थापनाको लक्ष्य प्राप्तिका लागि उपयोग गर्ने  नीति बनायो । त्यही नीतिअनुरूप कमल चित्रकार २०३८ सालको स्थानीय चुनावमा काठमाडौँ नगर पञ्चायतको  प्रधानपञ्च (हालको मेयर) को उम्मेदवार बनाइनु भयो । उक्त निर्वाचनमा कमल चित्रकार अत्यधिक बहुमतले विजयी हुनु भएको थियो । 

२०३८ सालमा चित्रकारले नगरको प्रमुख पद लिँदा नगरको आम्दानीको श्रोत अति न्यून थियो भने सरकारले दिने रकम पनि नाम मात्रको थियो ।  नगरको संरचना एकदम पुरानो ढर्राको थियो । कार्यालयमा एकजना नाम मात्रका इञ्जिनियर, १ जना ओभरसियर र सानो आकारको प्रशासनिक संयन्त्र थियो ।  

चित्रकारसँग यो पङ्क्तिकारको २०३१ सालदेखि नै चिनजान भएकोमा  २०३८ सालको निर्वाचनमा उहाँको निकटतम सहयोगी बन्न पुगेँ ।  चुनावमा उहाँको पक्षमा सक्रिय रहेर काम गरेपछि झनै निकट सम्बन्ध रहन गयो । निर्वाचनपछि उहाँले मलाई कलिलै उमेरमा आफ्नो सल्लाहकार राख्नु भयो ।  

त्यसबेला सक्रिय रूपमा निर्वाचनमा सहयोग पुर्‍याउने युवामध्ये शान्तराम पोख्रेल,  किरण भट्टराई र म अग्रपङ्क्तिमा रहेका थियौँ ।  त्यही भएर होला हामी तिनै जनालाई पछि नगर पञ्चायतमा  सल्लाहकार र कर्मचारीका रूपमा ल्याउनु भयो । केही समयपछि चोलेन्द्र शम्सेर राणा जो पछि प्रधान न्यायाधीश बन्नु भयो, उहाँलाई कानुनी सल्लाहकारको रूपमा ल्याउनु भएको थियो । राणाले पछि कर्मचारीकै रूपमा कानुन अधिकृत भई काम गर्नु भएको थियो । मैले कमल दाइलाई अझै नजिकबाट  चिन्ने मौका सोही अवधिमै पाएको  हो ।

२०३८ सालमा चित्रकारले नगरको प्रमुख पद लिँदा नगरको आम्दानीको श्रोत अति न्यून थियो भने सरकारले दिने रकम पनि नाम मात्रको थियो ।  नगरको संरचना एकदम पुरानो ढर्राको थियो । कार्यालयमा एकजना नाम मात्रका इञ्जिनियर, १ जना ओभरसियर र सानो आकारको प्रशासनिक संयन्त्र थियो ।  

त्यतिखेर काठमाडौँको मूल समस्या पनि फोहोर व्यवस्थापनकै थियो । सफाइ कर्मचारीको सङ्ख्याले नगर भित्रको बढ्दो जनघनत्व र क्षेत्र व्यवस्थापन गर्न कठिन थियो ।  सफाइ कर्मचारी खास गरी उपत्यकाकै पिछडिएको जातबाट मात्रै रहेको अवस्था थियो।  चित्रकारले सुरुमै सफाइ कर्मचारीहरूको तलब सुविधा र जागिरको सुनिश्चिततातर्फ प्रयास गरेका थिए ।  

काठमाडौँमा अण्डरपास (भूमिगत बाटो काट्ने मार्ग) र  भृकुटीमण्डपलाई सुव्यवस्थित पार्कका रूपमा विकसित गर्ने योजनास्वरुप चित्रकारले आफ्नो सम्पर्कका भारतका एक सुप्रसिद्ध फिल्म स्टारका छोरालाई नेपाल झिकाएर अध्ययन गर्न लगाउनु भएको थियो । कपुर थरका ती इन्जियर पार्क डिजाइनमा विज्ञ थिए ।  उनको काममा सहयोग र संयोजन गर्न मलाई खटाउनु भएको थियो ।  

चित्रकार सफाइ पेसामा कुनै विशेष जातलाई मात्रै लगाउँदा जातीय भेदभाव  झन् बढ्ने र हीन भावनाले सामाजिक उत्थानमै असर पर्ने भय रहन्छ भन्ने मान्यता राख्नु हुन्थ्यो उहाँ । यही कुरा मध्यनजर गरेर पर्वते समुदायबाट धेरै प्रयासपछि केही सफाइ कर्मचारी भर्ना गर्नुभयो । तर, त्यो प्रयास विभिन्न बाधा अड्चनले खासै सफल हुन सकेन । तथापि परिवर्तनको थालनी त्यही बेला सुरु भएको थियो ।

अर्को सुधारको कार्यक्रम अहिलेसम्म प्रचलनमा रहेको घर नम्बर उहाँकै कार्यकालमा सुरु भएको हो, जुन अहिलेको अप्रत्याशित सहरीकरण वृद्धिमा समेत कारगर रहेको छ । मलाई सम्झना छ, त्यो घर नम्बरको डिजाइनमा बिचमा तारा चिन्ह राख्ने उहाँको आन्तरिक भावनालाई कम्युनिस्ट समर्थक वडासदस्यमार्फत् प्रयोगमा ल्याउनु भएको थियो । कांग्रेसको झण्डाका चार तारालाई साङ्केतिक रूपमा घर नम्बरमा प्रयोग गरिएको थियो । प्रायः कसैले त्यो कुरो पत्तै पाएनन्, जुन कुरा उहाँ स्वयम्ले मलाई जानकारी दिनु भएको थियो ।  

काठमाडौँमा अण्डरपास (भूमिगत बाटो काट्ने मार्ग) र  भृकुटीमण्डपलाई सुव्यवस्थित पार्कका रूपमा विकसित गर्ने योजनास्वरुप चित्रकारले आफ्नो सम्पर्कका भारतका एक सुप्रसिद्ध फिल्म स्टारका छोरालाई नेपाल झिकाएर अध्ययन गर्न लगाउनु भएको थियो । कपुर थरका ती इन्जियर पार्क डिजाइनमा विज्ञ थिए ।  उनको काममा सहयोग र संयोजन गर्न मलाई खटाउनु भएको थियो ।  

डिजाईनसम्बन्धि प्रारम्भिक काम भैसकेको थियो । त्यतिखेरको नगरपालिकाको क्षेत्राधिकार र अधिकार निकै सङ्कुचित थियो भने कांग्रेस मुख्य भएको नगरपालिका हुनाले प्रायः प्रस्तावहरूमा मन्त्रालयको सकारात्मक सहयोग रहँदैनथ्यो ।  फलस्वरूप भृकुटीमण्डपको विकास र प्रवर्द्धनको प्रस्ताव त्यसै रोकियो ।  
केही वर्षपछि म स्वयम् भृकुटीमण्डपको प्रमुखमा नियुक्त भएको थाहा पाएपछि कमल दाइले ‘लौ न, भृकुटीमण्डप बेहाल भयो, उपयुक्त व्यवस्था गर्न कोसिस गर,’ भन्नु भएको थियो । तर सञ्चालक समिति र सरकारी नीति र झमेलाले गर्दा मैले त्यतातर्फ ठोस कार्य गर्न सकिन ।  

अण्डरपासको हकमा तीनवटा जति बनाउने लक्ष्यमा रत्नपार्कमा सुरुमा बनाइयो । त्यसको अनुभवमा अरु २ वटा बनाउने योजना रकमको अभाव र मन्त्रालयको असहयोगले पुरा हुन सकेको थिएन ।  नक्सा पास अनि कर व्यवस्थापनमा पनि त्यस अवधिमा धेरै सुधारहरू गरिएका  थिए ।  नगरपालिका र प्रधानपञ्चको अफिसको ढोका सबैको लागि खुला थियो, भेट गर्न समस्या राख्न वा सुझावको लागि सरलपनको नमुना थियो नगरपालिका । 

प्रमुख चित्रकार  बिहानै  कार्यालय  पुगेर फाइल पढ्ने र नीतिगत विषयमा अध्ययन सकिसकेका हुन्थे । नरम बोली र कसैलाई पनि नचिढ्याउने उनको बानीले कहिलेकाहीँ आफै स्वयम् र कहिलेकाहीँ कर्मचारी नै अप्ठेरोमा पर्ने स्थिति हुन्थ्यो ।  तर उनले कर्मचारीहरूलाई समस्या थोपर्ने काम कहिल्यै गरेनन्, बरु आफै त्यसको जिम्मेवारी लिन अघि सर्थे । त्यतिखेर कि उपप्रमुखसमेत केही मण्डले प्रवृत्तिका वडाध्यक्षहरूलाई  समेत चुपचाप तह लगाउने कुशल क्षमता उनको व्यक्तित्वको उज्यालो पाटो थियो ।  

विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमणमा नगरपालिकाले अभिनन्दन गर्ने परम्परा रहेकाले प्रधानपञ्चको मूल भूमिका रहन्थ्यो ।  तर पर्दा पछाडिबाट राजदरबारका सचिवहरूकै निर्देशन र  भूमिका रहिआएकोमा चित्रकारले परिवर्तन ल्याउन सफल भएका थिए ।  

चित्रकारको कार्यकालअघि अभिनन्दन र सम्बोधन समेत दरबारमै लेखेर नगर प्रमुखलाई पढ्न लगाउने परिपाटीको अन्त्य चित्रकारले गराएका थिए, जसको आँखोदेखा साक्षी म स्वयम् छु ।  

मलाई पुरै सम्झना छ, बंगलादेशका राष्ट्रपति यर्शादको भ्रमण ताका गरिने नगरपालिकाको सम्बोधनको ड्राफ्ट बुँदाहरू तयार गर्न मलाई लगाउनु भएको थियो ।  त्यतिखेर मेरो अङ्ग्रेजी त्यति राम्रो थिएन, काम चलाऊ लेखाई थियो।  मैले धेरै पटक लाइब्रेरी गएर पढेको आधारमा तयार पारेको २ पाने ड्राफ्ट सम्बोधन लिएर बिहानै मासंगल्ली उहाँको घर पुगेँ ।   मैले लेखेको ड्राफ्ट पढेर सुनाऊ भन्नु भयो ।  बिस्तारै पढेँ, ठिकै छ राम्रै लेखेछौ भन्नु भयो । र, कोठा भित्र गएर कलम, कागज लिएर आउनु भयो, अनि आफै लेख्न थाल्नु भयो ।  

म चिया खाँदै अखबार पढ्दै कुरिरहेँ । आधा घण्टापछि उहाँले लेखेको सम्बोधन पढेर  सुनाउनु भयो । मैले लेखेका बुँदाहरू पनि समेटिएका रहेछन्, खुसीको सीमा नै रहेन । मलाई त उहाँको अङ्ग्रेजी भाषामा पनि त्यति दख्खल छ भन्ने कल्पनै थिएन । त्यो ड्राफ्ट पढ्दा त पहिलेका सम्बोधनहरू पनि अध्ययन गर्नु भएको रहेछ । तर पुराना सम्बोधन भन्दा ड्राफ्ट नितान्त फरक कन्टेन्टको थियो । 

दसैँ, तिहार  चाडबाड होस् या उपचार खर्च वा आर्थिक सहायताको लागि होस् या कांग्रेसीहरुका २०४२ सालको सत्याग्रह जस्ता कार्यक्रम हुन्, त्यसको लागि कमल चित्रकारकहाँ बहुसङ्ख्यक कांग्रेसी कार्यकर्ताहरूको लाइन लाग्थ्यो ।  

त्यो ड्राफ्ट टाइप गराउनुपर्ने थियो । त्यसैले, मलाई फेरि भोलिपल्ट बिहानै आउन भन्नु भयो ।  बिहानै उहाँको घरमा पुग्दा कुरेर बस्नु भएको रहेछ ।  ल, हामी दरबारको सचिव नारायणप्रसाद श्रेष्ठको घर सानेपा जाने भन्नु भयो ।  सचिव श्रेष्ठको घर पुग्दा उनी ब्याडमिन्टन खेल्दै रहेछन् । 

एकछिन कुरेपछि भेट कुराकानी भयो । सम्बोधनको पाठ सुनाउनु भयो, उनले केही थप्न सुझाए क्यारे । त्यसपछि एक प्रति उनलाई दिएर हामी फर्कियौँ ।  
पछि त्यो सम्बोधन र अभिनन्दन  कार्यक्रममा बिना कुनै थपथाप र परिवर्तन जस्ताको त्यस्तै पाठ गर्नु भएको थियो ।  त्यसमा दरबारका सचिवको सामान्य आपत्ति भए पनि उहाँले कुनै प्रतिक्रिया दिनु भएन ।  पाहुनाको लागि उपहारको छनोट र व्यवस्था पनि आफैँ गर्नु भयो । 

कहिलेकाहीँ भन्नैपर्ने उहाँको खबर म किशुनजीकोमा पुर्याउँथे । किशुनजी निकै खुसी भएको त्यो क्षण अहिले जस्तै लाग्छ । सायद चित्रकारको बारेमा जानकारी भएर हो कि त्यसपछि राजा वीरेन्द्रले आफ्नो विदेश भ्रमणमा कमल चित्रकारलाई पनि समावेश गरेका थिए ।  

दसैँ, तिहार  चाडबाड होस् या उपचार खर्च वा आर्थिक सहायताको लागि होस् या कांग्रेसीहरुका २०४२ सालको सत्याग्रह जस्ता कार्यक्रम हुन्, त्यसको लागि कमल चित्रकारकहाँ बहुसङ्ख्यक कांग्रेसी कार्यकर्ताहरूको लाइन लाग्थ्यो ।  

असीमित क्षमता, बौद्धिक कुशलता, लामो त्याग तपस्याका बीच २०१७ सालमै वीपी कोइरालाले भावी प्रधानमन्त्री भनेर ‘पोस्चर’ गरेका एक होनहार कांग्रेस नेता थिए उनी । जो उनको पुस्ता मात्रै होइन, अहिले नेतृत्वमा रहेका र ती भन्दा मुनिका भन्दा पनि अब्बल दूरदर्शी थिए,  तिनको अल्पसमयमै राजनीतिक बिराम लाग्यो ।

कार्यालयसम्बन्धी प्रमुख काममा शान्ताराम पोख्रेलको महत्त्वपूर्ण सहयोग रह्यो । त्यति मात्र होइन, पोख्रेलले चित्रकारको व्यक्तिगत र राजनैतिक जीवनमा मात्र नभई कांग्रेसीहरुलाई सहयोग पुर्‍याउने कार्यमा पनि महानगरपालिकाको कर्मचारीको हैसियतमा अहम् योगदान रहेको थियो ।  

वीपी कोइरालाको २०३८ सालमा निधन भएपछि चित्रकारको राजनैतिक जीवनमा गम्भीर आहत पुर्‍यायो । समग्र नेपालमै त्यसमा पनि काठमाडौँमा गणेशमानको ठुलो प्रभाव रहेको थियो । उनको परिवारका केही सदस्यसमेत अन्य केही कार्यकर्ताहरू कमल  चित्रकारको  उदय रोक्न लागि परेकाले पनि नगरपालिकाको कार्यकालपछि उनलाई हतोत्साहित र अपमानित  पनि गरियो ।  

गिरिजाप्रसाद कोइराला पनि चित्रकारको पक्षमा नरहँदा किशुनजीको सद्भावले खासै मद्दत पुग्न सकेन ।  उनी बिस्तारै कांग्रेसी राजनीतिबाट विस्थापित हुँदै गए ।  

अर्को कारण उनको पारिवारिक स्थितिले उनलाई  राजनीतिमा साथ दिएन ।  केही उनकै कमजोरी र धेरै बाध्यताले पारिवारिक परिस्थिति उनको अनुकूल रहेन ।  त्यस्तै  ठेक्कापट्टा काम गर्दै आएको उनको निर्माण कम्पनी र व्यवसाय धराशायी बन्दै गएकाले पनि उनी पछिल्लो समय तनावमै रहे । 

कांग्रेसी राजनीतिमा आएको विचलन, बढ्दो भ्रष्टाचार र बेथितिबाट उनी बिरक्तिएका थिए ।   चित्रकार सक्रिय राजनीतिबाट टाढा रहे पनि उनको प्रजातन्त्र र कांग्रेस पार्टी प्रतिको निष्ठा सतिसाल झैँ अटल  रह्यो ।   मेरो आफ्नै कार्य व्यस्तता र रोजगारीको कारण देश बाहिर रहनु परेकाले पछिल्ला  बर्सहरूमा उहाँसँग भेट हुन नसकेकोमा आत्मग्लानि भइरहेछ ।  

असीमित क्षमता, बौद्धिक कुशलता, लामो त्याग तपस्याका बीच २०१७ सालमै वीपी कोइरालाले भावी प्रधानमन्त्री भनेर ‘पोस्चर’ गरेका एक होनहार कांग्रेस नेता थिए उनी । जो उनको पुस्ता मात्रै होइन, अहिले नेतृत्वमा रहेका र ती भन्दा मुनिका भन्दा पनि अब्बल दूरदर्शी थिए,  तिनको अल्पसमयमै राजनीतिक बिराम लाग्यो ।  समकालीन कांग्रेस नेता तथा  कार्यकर्ताहरूले पनि कमल चित्रकारको उचित सम्मान गर्न नसकेको देख्दा दुःख र पीडा बोध भएको छ ।  

ढकाल संयुक्त राष्ट्र संघका पूर्व कर्मचारी हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डिल्लीरमण ढकाल
डिल्लीरमण ढकाल
लेखकबाट थप