आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा एम्बुलेन्स कर्मचारीद्वारा हड्ताल, स्वास्थ्य क्षेत्र अस्तव्यस्त

बुधबार, ०६ पुस २०७९, २१ : २१
बुधबार, ०६ पुस २०७९

बेलायतमा कार्यरत  एम्बुलेन्स कर्मचारीद्वारा बुधबार गरिएको हड्तालका कारण स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको छ । तलब वृद्धि गर्न माग गर्दै दवाव स्वरूप उनीहरू हड्तालमा उत्रिएका हुन् ।
युनाइट, जीएमबी र युनीसनका सदस्यहरु हड्तालमा उत्रिएका छन् । इंग्ल्याण्ड र वेल्सका ११ वटा एम्बुलेन्स सेवामध्ये ८ वटा सेवाका दसौँ हजार कर्मचारीले  हड्ताल गरेका छन् ।

एम्बुलेन्स कर्मचारीलगायत पारामेडिक तथा आकस्मिक कल सेन्टरमा कार्यरत दसौँ हजार कर्मचारी हड्तालमा उत्रिएपछि इमर्जेन्सी सेवामा नराम्रो प्रभाव परेको छ । यद्यपि उनीहरूले ज्यान नै जोखिममा रहेकाहरूको लागि भने आफ्नो सेवा सुचारु रहने बताएका छन् ।

नेशनल हेल्थ सर्भिस (एनएचएस) ले अत्यावश्यक सेवालाई सुचारु राख्न करिब ८ सय  सैनिकलाई परिचालन गरेको छ । इमर्जेन्सी सेवामा पर्न सक्ने चापलाई मध्यनजर गर्दै  एनएचएस इंग्ल्याण्डका मेडिकल डाइरेक्टरले अल्कोहल सेवन नगर्न सुझाव दिएका छन्  ।

आफूहरूले नचाहँदा नचाहँदै हड्तालमा उत्रिनुपरेको र यसको जिम्मेवार सरकार रहेको उनीहरूले बताएका छन् । सरकारले आफ्नो मागबारे गहन रुपमा नलिएको उनीहरूको आरोप छ  ।

बेलायतमा सुरु भएको आर्थिक मन्दीका कारण बेलायतीहरुको जनजीवन निकै कष्टपूर्ण बन्दै गएको छ । यतिबेला बेलायतमा बस तथा रेल सेवा, रोयलमेल, बोर्डर फोर्स तथा एम्बुलेन्स सेवाहरुले हडताल गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप