तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा विष्ट र श्रेष्ठबीच कडा प्रतिस्पर्धा: कसले मार्ला बाजी ?

तनहुँ उद्योग वाणिज्य संघको पुस २८ र २९ गते हुने अधिवेशनमा ईश्वर विष्ट र मानकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
तनहुँ उद्योग वाण्ज्यि संघ अन्तर्गत १२ वटा ईकाइ रहेपनि हालसम्म ८ वटा इकाईको अधिवेशन सम्पन्न भैसकेको जानकारी दमौली बजार इकाईका सभापति कृष्ण आचार्यले दिए ।
-तनहुँ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष, २०६० साल देखिको व्यवसायिक अनुभवका कारण आफ्नो जीत सुनिश्चित रहेको विष्टको दावी छ ।
-डुम्रे निवासी मानकाजी श्रेष्ठले भने यस अघि पनि दुई पटक सम्म संघको अध्यक्ष पदका लागि निर्वाचनमा हारको अनुभव गरेका छन् । तर यसपटक आफूले जित्ने दाबी उनको पनि छ ।
-अहिले दुवै उम्मेद्वार व्यवसायीको घरदैलोमा प्रचार प्रसार अभियानमा छन् ।
क्षेत्रीय होटल संघमा चार उम्मेदवार
क्षेत्रीय होटल संघ तनहुँबाट चार जनाको उम्मेदवारी परेको छ । स्रोतका अनुसार दमौली बजार ईकाईको सभापतिमा झनक नारायण श्रेष्ठ, उपाध्यक्षमा जीवन शाही, जिल्ला सदस्यमा प्रमोद खनाल र दमौली बजार इकाईको सदस्यमा कर्ण गुरुङले उम्मेद्वारी दिने भएका छन् । तनहुँ उद्योगा वाणिज्य संघको सभापति, उपसभापति, सचिव र कोषाध्क्ष पदका लागि आन्तरिक रुपमा उम्मेदवारी दिनेको उत्तिकै लहर बढेको छ ।
व्यापारीमा चुनावी सरगर्मी
पुस २८र २९ गते हुने तनहुँ उद्योग वाणिज्य संघ र यसको मातहतमा रहेका बजार इकाईहरुको अधिवेशन करिब करीब अन्तिम चरणमा पुगेको छ । अधिवेशनको मिति नजिकिदै गर्दा विभिन्न सामाजिक संञ्जाल र संचारमाध्यमबाट आ आफ्नो उम्मेदवारीको घोषणा गर्ने उम्मेद्वारको संख्या बढेको छ । राज्यको दोस्रो खम्बाको रुपमा रहेको नीजि क्षेत्रका व्यवसायीमा चुनावी सरगर्मी बढेको छ । तनहुँ उद्योग बाणिज्य संघ अन्तर्गत१२ वटा बजार इकाई छन् । त्यस बजार इकाइहरुको माउ इकाईको पनि यहि पुस २८ र २९ गते अधिवेशन हुने बताइएको छ । जसले गर्दा तनहुँ उद्योग बाणिज्य संघको मातहतमा रहेका बजार इकाइहरुको अधिवेशन सम्पन गर्न र गराउन अभिभावको दृष्टिले जति कसरत गर्नुपर्छ त्यो भन्दा बढि बजार इकाईका पदाधिकारीले गर्नुपर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु