बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जापानमा कोभिड सङ्क्रमण बढ्यो

बुधबार, ०६ पुस २०७९, २० : ३५
बुधबार, ०६ पुस २०७९

जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् । 

स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन् । गत बुधबारको तुलानामा आज १६ हजार एक सय नयाँ बिरामी थपिएका छन् । गत अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ । 

राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन् । गत साताको तुलनामा आज राजधानीमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका हुन् । टोकियोमा लगातार बिरामी बढेका छन् । ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख शहरमा पनि कोभिड–१९ का सङ्क्रमित बढेका छन् । पछिल्लो महामारीका कारण आज दुई सय ९६ जनाको मृत्यु भएको छ । (रासस /सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप