मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लगाएर पर्सामा श्रीमतीको हत्या

बुधबार, ०६ पुस २०७९, २० : २५
बुधबार, ०६ पुस २०७९

करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा प्रहरीले श्रीमान‍्लाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोपमा श्रीमान् कुशलकुमार दास पक्राउ परेका हुन् ।

कुशलले श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेपछि गाडीले किचेर ज्यान गएको देखाउनका लागि भाइ भरत दासलाई बोलाएर मृतक रिंकुको शरीरमाथि पिकअप गाडी गुडाउन लगाएका थिए । घटनामा प्रयोग भएको ना३च ६२४७ नम्बरको गाडी आरोपीले लुकाएको र खोजी गरेर गाडी भेटिएको पनि प्रहरीले जनाएको छ ।-न्युज कारखाना
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप