बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रशंसा र स्वस्तिका सेमिफाइनलमा

बुधबार, ०६ पुस २०७९, २० : २१
बुधबार, ०६ पुस २०७९

नेपालका प्रशंसा मोक्तान र स्वस्तिका विष्ट २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले भारतकी सान्भी रेडी भुनद्यालालाई ६–१, २–६ र ६–४ ले पराजित गरिन् भेन स्वस्तिकाले अमेरिकाकी नाला जोस्फिन मास्केबाट वाकओभर पाइन् । 

उक्त स्पर्धामा भारतकी सराह चौधरीले नेपालकी आद्या पौड्याललाई ६–४ र ६–२ तथा भारतकी तनिशा भत्नागरले नेपालकी जेनी खड्कालाई ६–१ र ६–२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगे ।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबुले हङकङका छुइन हेइ करिसन फुङलाई ४–६, ६–१ र ६–२, नेपालका राजवीर प्रधानले भारतका इशान बदाकीलाई ६–० र ६–४, हङकङका वान हिम दोनोभान यिमले भारतका भिभान मिर्धालाई ६–२ र ६–१ तथा हङकङका कि छियोङ मोरिस ताङले पाकिस्तानका जोहब अफ्जल मलिकलाई ६–१ र ६–० को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

ब्वाइज डबल्समा भारतका इशान बदाकी र सञ्जय गिरिस कुमारको जोडीले नेपालका शास्वत वज्राचार्य र भारतका आदित्य सिंहको जोडीलाई ६–४ र ६–१ तथा हङकङका छियोङ र वानको जोडीले पाकिस्तानका अफ्जल र यमनका हमुद इयादको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

त्यसैगरी नेपालका राजवीर र दर्शिल श्रेष्ठको जोडीले बंगलादेशका नसफ अहमद नासिर र भारतका अर्श वाल्केको जोडीलाई ६–० र ६–० तथा भारतका सिद्धार्थ र भिभानको जोडीले हङकङका छुइन र भारतका किशोर श्रीरामको जोडीलाई ६–३ र ७–५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप