सोह्रखुट्टे प्रहरीको हिरासतमा रहेका थुनुवा फरार
प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा रहेका थुनुवा प्रहरीको घेरा तोडेर भागेका छन् । बुधवार दिउँसो लागुऔषध मुद्दामा थुनामा रहेका भारतिय नागरिक सचिन कुमार भागेका हुन् ।
१९ वर्षका सचिन कुमारलाई म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराएको अवस्थामा भागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । फरार थुनुवाको खोजीमा काठमाडौं उपत्यकामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
पुस १ मा काठमाडौंको बागबजारबाट नियन्त्रणमा लिएपछि झापाको तोपगाछी नगरपालिका–१ घर भएका ४० वर्षीय राजेन्द्र थापा पनि भागेका थिए । प्रहरी वृत सिंहदरबारको टोलीलाई छक्याएर भागेका थापालाई प्रहरीले पुन: कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको थियो । उनी पनि लागुऔषध मुद्दाका आरोपी हुन् । प्रहरीको लापरवाहिका कारण उपत्यकामा मुद्दा अनुसन्धानको क्रममा रहेका थुनुवाहरु हिरासत र अदालत भित्रैबाट भाग्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या