शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अत्याधिक धूवाँ फाल्ने २२ सवारी साधन कारबाहीमा

बुधबार, ०६ पुस २०७९, १९ : ०९
बुधबार, ०६ पुस २०७९

काठमाडौंको सोह्रखुट्टेमा अत्याधिक धूवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । अत्याधिक धूवाँ फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२  सवारी साधन कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग बबरमहल तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले बुधवार बिहान सोह्रखुट्टेमा ४० सवारी साधनलाई चेक गर्दा २२ वटा कारबाहीमा परेका हुन् । कारबाही गरिएका सवारी साधनलाई आजै वातावरण विभाग बबरमहल पठाइएको छ ।सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप