शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

चोरी भएका २५  सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

बुधबार, ०६ पुस २०७९, १९ : ०२
बुधबार, ०६ पुस २०७९

चोरी भएका २५ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बुधबार एक कार्यक्रम गरी २० वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । 

उनका अनुसार यस आर्थिक वर्षमा सवारी साधन हराएका ७०१ निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका २४८ वटा सवारी साधनमाथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जसमध्ये साउन महिनामा ७३, भदौमा ४०, असोजमा ३०, कात्तिकमा १४ र मंसिरमा ३७ वटा सवारी साधन  ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । धनी नखुलेका ३६ वटा सवारी साधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप