आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा मित्रलाल बस्यालले सांसदलाई शपथ खुवाउने

बुधबार, ०६ पुस २०७९, १८ : २१
बुधबार, ०६ पुस २०७९

मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचित गण्डकी प्रदेश सभामा सांसदले शपथ लिएका छैनन् । प्रदेश सचिवालयले पुस १४ गते सांसदलाई शपथ गराउने तयारी थालेको छ ।

योभन्दा अघि ज्येष्ठ सदस्यको हैसियतमा एमालेका मित्रलाल बस्यालले शपथ खाने छन् ।  पर्वत २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका बस्याल सबैभन्दा जेष्ठ सदस्य हुन् । ६५ वर्षीय बस्याल कांग्रेसका विन्दु थापा भन्दा २ दिनले ज्येष्ठ भएपछि नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने अवसर पाएका हुन् ।

बस्याललाई गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १३ गते कार्यालयमै शपथ गराउने तयारी छ ।  सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले प्रदेश सचिवालयलाई पत्र पठाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप