बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

खसीको मासु घाँटीमा अड्केर दैलेखमा १ जनाको मृत्यु

बुधबार, ०६ पुस २०७९, १७ : ४४
बुधबार, ०६ पुस २०७९

दैलेखमा खसीको मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नारायण नगरपालिका ६ भर्ती भन्ने ठाउँका ३८ वर्षीय वीरबहादुर सार्की रहेका छन् ।  

दैलेख प्रहरीलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान घरमा खसीको मासु खाने क्रममा सार्कीको घाँटीमा मासु अड्किएको थियो ।   उपचारको लागि जिल्ला अस्पताल दैलेख ल्याइएको र दिउँसो १२ : ४५ बजे उनको मृत्यु भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप