शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संसद अधिवेशन आह्वानपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छ : प्रवक्ता पाण्डे

बुधबार, ०६ पुस २०७९, १६ : २४
बुधबार, ०६ पुस २०७९

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका छन् । बुधबार सिंहदरबारमा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।  

प्रवक्ता पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्नेगरी कानूनमा व्यवस्था भएकाले सोही अनुसार संसद सचिवालयले एजेण्डाहरु अघि बढाउने बताए । उनले संसद भवनमा १ बजेका लागि नवनिर्वाचित सांसदहरुको शपथग्रहण हुने बताए । उनले बानेश्वरको आइसीसी हलमा सांसदहरुको शपथग्रहण ज्येष्ठ सदस्य पशुपति समशेर जबराले गराउनुहुने बताए । उनले मातृ भाषामा शपथग्रहण गर्न चाहने सांसदहरुले पूर्व सूचना दिएपछि मात्रै मातृभाषामा शपथग्रहण गराइने बताए ।

प्रवक्ता पाण्डेले शपथग्रहणपछि संसदमा सहभागी राजनीतिक दलहरूले संसदीय गतिविधिहरू औपचारिक रुपमा अघि बढाउन सक्ने पनि बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप