मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिबाट शपथपछि संसद सचिवालयमा राणा : सभामुख चयन नहुञ्जेल निष्पक्ष भएर काम गर्छु

बुधबार, ०६ पुस २०७९, १६ : १४
बुधबार, ०६ पुस २०७९

नव निर्वाचित प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुख निर्वाचित नहोउन्जेल निष्पक्ष भूमिकामा काम गर्ने बताएका छन् । बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएर संघीय संसद सचिवालय सिंहदरबार पुगेका राणाले सञ्चारकर्मीसँग सो कुरा बताएका हुन् । 

उनले भोलि  दिउँसो १ बजे प्रतिनिधि सभाका बैठकको अध्यक्षता गर्दै २७५ सदस्यलाई शपथ खुवाउँदैछन् ।  राणाले शपथग्रहण कार्यक्रम अघि मध्यान्ह १२ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग संसद भवनको ल्होत्से हलमा बैठक गर्ने निर्णयमा हस्ताक्षर समेत गरेका छन् । 

सभामुख निर्वाचित हुनुअघि सदनको जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्नुपर्ने व्यवस्था अनुसार राणाले बैठकको अध्यक्षता गर्न लागेका हुन् । संसदहरूले सपथ लिएको १ महिनाभित्र दलहरूले सभामुख निर्वाचित गर्नुपर्ने छ । 

भोलि हुने सपथ ग्रहणका लागि संघीय संसद सचिवालयले संसद भवनको रूपमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तयारी पूरा गरिसकेको छ । सपथका लागि नव निर्वाचित सबै सांसदहरूलाई पत्राचार गरिसकेको संसद सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप