शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

अबको दुई महिनाभित्र भरतपुरबाट ड्राइभिङ लाइसेन्स वितरण हुने

बुधबार, ०६ पुस २०७९, १४ : २०
बुधबार, ०६ पुस २०७९

अबको दुई महिनाभित्रै भरतपुरबाट सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यस्तो बताएकी हुन् । 

बुधबार गेष्ठ हाउसचौर नजिकको भवनमा स्थान्तरण हुन लागेको यातायात व्यवस्था कार्यालय भरतपुरको अनुगमन एवम् निरीक्षण गर्दै उनले दुई महिनाभित्र ट्रायलसहितको नयाँ लाइसेन्स वितरण हुने उल्लेख गरेकी हुन् । 

४ वर्षअघिदेखि भरतपुरमा सबै सुविधासहितको यातायात कार्यालय ल्याउने कार्यको थालनी गरेको स्मरण गर्दै उनले अबको २ महिनाभित्र यातायातका सम्पूर्ण सुविधा भरतपुरबाटै पाइने बताइन् । 

कार्यालयको सेवा सञ्चालनको लागि आवश्यक अस्थाई संरचना निर्माण गर्न महानगरपालिका सकारात्मक रहेको मेयर दाहालको भनाइ छ । 

भरतपुरमा नयाँ लाईसेन्स वितरण गर्न ट्रायल सेन्टर छनोट हुने कार्य पनि अन्तिम चरणमा पुगेको छ । अन्तिम दुईमा भरतपुरका महालक्ष्मी ट्रायल सेन्टर र सद्गुरु ट्रायल सेन्टर छनोट भएका थिए । अब १५ दिनभित्र ट्रायल सेन्टरको पनि टुङ्गो लाग्ने यातायात व्यवस्था कार्यालय भरतपुरका प्रमुख कालीबहादुर भुजेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप