८ प्रतिशतले बढ्यो सहकारी बैंकमा तरलता
राष्ट्रिय सहकारी बैँकमा झन्डै ८ प्रतिशतले तरलता वृद्धि भएको छ । गत कात्तिकको तुलनामा मंसिरमा सहकारी बैंकको तरलता ७.९४ प्रतिशतले वृद्धि हुँदै ८ अर्ब ८ करोड १० लाख रुपैयाँ पुगेको हो । कात्तिकमा बैंकसँग ७ अर्ब ४८ करोड ६४ लाख तरलता रहेको थियो ।
यद्यपि, कात्तिकको तुलनामा बैंकको निक्षेप तथा कर्जा लगानी भने घट्न पुगेको छ । मंसिर महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै बैंकले ४० अर्ब ६८ करोड १० लाख रुपैयाँ बचत संकलन गर्दै ३४ अर्ब ७९ करोड ४८ लाख रूपैयाँ कर्जा लगानी गरेको जनाएको छ । अघिल्लो महिना अर्थात् कात्तिकमा बैंकले ४० अर्ब ७० करोड ७९ लाख बचत संकलन गरी ३५ अर्ब १० करोड २२ लाख रूपैयाँ ऋण प्रवाह गरेको थियो ।
बचत संकलन घट्न थालेपछि बैंकले पछिल्लो समय नयाँ कर्जा प्रवाह बन्द गर्दै असुलीमा जोड दिएको छ । कर्जा लगानी घटाएर बचत र ऋण असुलीमा प्राथमिकता दिएसँगै सहकारी बैंकको तरलतामा सुधार आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा