शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बालुवाटार पुगेर पौडेलले दिए देउवालाई बधाई

बुधबार, ०६ पुस २०७९, १३ : ४२
बुधबार, ०६ पुस २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बुधबार पुगेर पौडेलले देउवालाई बधाई दिएका हुन् । 

संसदीय दलको नेतामा देउवाको प्रस्तावक बसेको पौडेलले सामाजिक सञ्जालमार्फत बधाई दिएको तस्वीर सार्वजनिक गरेका छन् । विगतमा कांग्रेसभित्र देउवाका प्रतिस्पर्धी मानिएका पौडेल १४ औं महाधिवेशनयता सहयोगीको भूमिकामा देखिएका छन् ।

०६४ मा देउवालाई संसदीय दलमा पराजित गरेर पौडेल दलको नेता बनेका थिए भने ७२ मा देउवासँग पराजित भएका थिए । १३ औं महाधिवेशनमा देउवासँग पराजित उनी १४ औं महाधिवेशनमा प्रतिस्पर्धीको रिङबाट आउट हुन पुगे । 

त्यसपछि पौडेल र देउवाबीच सहकार्य भइरहेको छ । पौडेल प्रस्तावक बसेको संसदीय दलको  चुनावमा देउवा भारी मतान्तरले निर्वाचित भएका छन् । आज बिहान भएको दलको नेताको निर्वाचनमा देउवाले ६४ भोट पाउँदा महामन्त्री गगन थापाले २५ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप