शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपालको स्वास्थ्य अवस्था बुझ्न खनाल अस्पतालमा

बुधबार, ०६ पुस २०७९, १३ : २५
बुधबार, ०६ पुस २०७९

उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था बुझ्न सम्मानित नेता झलनाथ खनाल अस्पताल पुगेका छन् । 

अध्यक्ष नेपाललाई ज्वरोसहित रुघाखोकी र छाती दुख्ने समस्या देखिएपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था बुझ्न खनाल बुधबार पौने १ बजे अस्पताल पुगेको खनालको सचिवालयले जनाएको छ । अध्यक्ष नेपालको अहिले स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

क्रमशः सुधार हुँदै गए बिहीबार नेपाललाई डिस्चार्ज गर्ने अस्पताल स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप