तिनाउको सिग्नेचर ब्रीज निर्माणको काम अघि बढाउन आग्रह
बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रीजका बारेमा बुटवल उपमहानगरपालिका, सडक विभाग र विश्व बैंकका प्रतिनिधिबीच छलफल भएको छ ।
तिनाउ नदीमा बन्ने पुलको डिजाइन तयार भइसकेपछि बुटवलमा पुल निर्माणका सजिला र अफ्ठ्याराका बारेमा बुटवलका नगरप्रमुख खेलराज पाण्डेयसँग छलफल भएको हो । नगरप्रमुख खेलराज पाण्डेयले बुटवलले लाभ लिने गरी पुल निर्माणमा सहकार्य गर्न तयार रहेको बताए ।
छलफल कार्यक्रममा सडक विभागका उपमहानिर्देशक तथा वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख रामहरि पोखरेलले अहिलेको पुल विस्थापित गरेर नयाँ पुल बन्ने भएकाले बुटवल उपमहानगरपालिकाको स्वीकृति र सहकार्य विना पुल बन्न नसक्ने बताए । पुल निर्माणसँगै बुटवलदेखि कपिलवस्तुको गोरुसिंंगेसम्मको सडक समेत विस्तार गर्नमा पनि मद्दत पुग्ने छ ।
छलफलका क्रममा विश्व बैंकका वरिष्ठ यातायात विज्ञ डा. हिशाम एम फाउडले बुटवलमा पुल निर्माणका क्रममा बुटवल उपमहानगरपालिकाको चाहिने भन्दै स्थानीयलाई पुल निर्माणपछिका फाइदा र आवश्यक सहकार्यमा बुझाउँदै विश्वबैंक, सडक विभाग र निर्माण पक्षलाई सहयोग गर्नुपर्ने बताए । यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धकलाई भेटेर मोतीपुर औद्योगिक क्षेत्रको काम अघि बढाउन आग्रह गरेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलासँगको भेटमा प्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको काम अघि बढाउनका लागि आग्रह गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?