शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

तिनाउको सिग्नेचर ब्रीज  निर्माणको काम अघि बढाउन आग्रह

बुधबार, ०६ पुस २०७९, १३ : ०३
बुधबार, ०६ पुस २०७९

बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रीजका बारेमा बुटवल उपमहानगरपालिका, सडक विभाग र विश्व बैंकका प्रतिनिधिबीच छलफल भएको छ ।

तिनाउ नदीमा बन्ने पुलको डिजाइन तयार भइसकेपछि बुटवलमा पुल निर्माणका सजिला र अफ्ठ्याराका बारेमा बुटवलका नगरप्रमुख खेलराज पाण्डेयसँग छलफल भएको हो । नगरप्रमुख खेलराज पाण्डेयले बुटवलले लाभ लिने गरी पुल निर्माणमा सहकार्य गर्न तयार रहेको बताए ।

छलफल कार्यक्रममा सडक विभागका उपमहानिर्देशक तथा वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख रामहरि पोखरेलले अहिलेको पुल विस्थापित गरेर नयाँ पुल बन्ने भएकाले बुटवल उपमहानगरपालिकाको स्वीकृति र सहकार्य विना पुल बन्न नसक्ने बताए । पुल निर्माणसँगै बुटवलदेखि कपिलवस्तुको गोरुसिंंगेसम्मको सडक समेत विस्तार  गर्नमा पनि मद्दत पुग्ने छ ।

छलफलका क्रममा विश्व बैंकका वरिष्ठ यातायात विज्ञ डा. हिशाम एम फाउडले बुटवलमा पुल निर्माणका क्रममा बुटवल उपमहानगरपालिकाको  चाहिने भन्दै स्थानीयलाई पुल निर्माणपछिका फाइदा र आवश्यक सहकार्यमा बुझाउँदै विश्वबैंक, सडक विभाग र निर्माण पक्षलाई सहयोग गर्नुपर्ने बताए । यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धकलाई भेटेर मोतीपुर औद्योगिक क्षेत्रको काम अघि बढाउन आग्रह  गरेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलासँगको भेटमा प्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको काम अघि बढाउनका लागि आग्रह गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप