चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण
बुधबार, ०६ पुस २०७९, १२ : ४३
चीनमा कोरोना सङ्क्रमित हुनेहरुको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ ।
मङ्गलबार मात्र यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
साथै यहाँ मङ्गलबार मात्र एक हजार नौ सय जना सङ्क्रमित उपचाररत स्वास्थ्य संस्थाबाट निको भएर घर फर्किएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जानकारी दिएको छ । सो आयोगले बुधबार चीनमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको जनाएको छ । तर यहाँ स्थानीय स्तरमा नै कोरोना सङ्क्रमित हुनेहरु भने घट्न नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे