आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

माओवादीले भोलि दलको नेता चयन गर्ने

बुधबार, ०६ पुस २०७९, १२ : २१
बुधबार, ०६ पुस २०७९

नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि पार्टीले अपरान्ह संसदीय दलको बैठक राखेर नेता चयन गर्ने तयारी गरेको सांसद रेखा शर्माले बताइन् । 

प्रतिनिधिसभाका सांसदहरुको दिउँसो १ बजे शपथ सकिएपछि दलको नेताा चयन गर्न अपरान्ह ४ बजे बैठक बोलाइएको उनको भनाइ  छ । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित जस्तै छ । पार्टीमा  दलको नेता दाबी गर्ने अर्को नेता नभएकाले उनी नै चयन सम्भावना रहेको हो  । माओवादीका प्रत्यक्षमा १८ जना र समानुपातिकमा १४ जना गरेर कुल ३२ जना सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप