बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

३० वर्ष कैद फैसला भएका फरार अभियुक्त पक्राउ

बुधबार, ०६ पुस २०७९, ११ : २१
बुधबार, ०६ पुस २०७९

मानव बेचविखन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ घर भएका मिनबहादुर विक उर्फ आरने माइला छन् । महिलालाई भारतमा बेचविखन गरेको आरोपमा उनीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले ३० वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने फैसला गरेको छ ।

२०७४ असारमा मुद्दा फैसला भएसँगै उनी फरार थिए । अदालतले पीडित महिलालाई १ लाख २५ हजार क्षतिपूर्ति भराउन आदेश गरेको थियो । ६ वर्षदेखि फरार मिनबहादुरलाई इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनी नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ पछि जिल्ला अदालत कपिलवस्तुको आदेशले उनलाई कारागार चलान गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप