एनआईसी एशिया बैंकले लाभांश नबाँड्ने
बुधबार, ०६ पुस २०७९, ११ : १२
एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश नबाँड्ने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको ५८१ औं बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यद्यपि, बैंकले २०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८÷७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी सोलाई स्वीकृत गर्ने निर्णय गरेको छ । सोको अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय समेत बैंकले गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बैंकले १५.७९ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?