सलाम एयरद्वारा विभिन्न विधामा सम्मान प्रदान
सलाम एयरलाइन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ । सन २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरूलाई सम्मान गरेको हो । सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तव्यमा नियमित तथा केही अन्य गन्तव्यहरुमा सिजनल सेवा पु-याउँदै आएको छ । नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ ।
हालै काठमाडौंस्थित एलफ्ट होटलमा आयोजित एक विशेष कार्यक्रमकावीच सलाम एयरलाइन्सले नेपालमा क्रियाशील ट्राभल्स एजेन्सीहरुलाई विभिन्न विद्यामा सम्मानित गरेको हो ।
विभिन्न विधा अन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि, एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि, हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रालि, वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि, प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि, रस्बिता ट्राभल्स एन्ड टुर्स प्रालि र सी लिङ्क ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएका छन् ।
त्यस्तै मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट मर्स्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएको छ । त्यस्तै हाइऐस्ट एन्सिलरी रेभिन्यु कन्ट्रीब्यूटर अवार्ड जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएको छ । त्यसैगरी राइजिङ्ग स्टार अन्तर्गत मार्वलस ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मान गरेको छ ।
सोही अवसरमा सलाम एयरलाइन्सले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत काठमाडौंमा सञ्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरुको लागि काम गरिरहेको संस्था नेपाल स्नेही काख नेपाललाई खाद्य सामग्री तथा लत्ता कपडा वितरण पनि गरिएको थियो ।
सलाम एयरलाइन्सको नेपालस्थित जीएसए आइएमई इन्टरनेशनल ट्राभल्स प्रालिले आयोजना गरेको उक्त कार्यक्रम आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सलाम एयरका प्रतिनिधिहरुले बिजेता ट्राभल्सहरुलाई बधाई दिँदै आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको बताए ।
आइएमई इन्टरनेशनल ट्राभल्स आइएमई ग्रुपद्वारा संचालित ग्रुपको एक भगिनी संस्था हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेलले ल्यायो एनपीएलको फाइनलमा आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न सकिने यस्तो सुविधा
-
नेविसंघमा कोइराला पक्षको विद्रोह, तोक्यो समानान्तर केन्द्रीय प्रतिनिधि
-
‘केपी ओलीलाई अध्यादेश ल्याएर पार्टी फुटाउन दिएनौँ’
-
'गर्भवती महिलामा वर्डफ्लूको सङ्क्रमण घातक'
-
सिंह र बोहरा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा
-
झापा कप : चर्च ब्वाइज क्लब फाइनलमा