माधव नारायणका मेयर बैजनाथ यादवविरुद्ध अख्तियारमा उजुरी

रौतहटको माधव नारायण नगरपालिकाका मेयर बैजु यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडामा उजुरी परेको छ।
मेयर यादवसहित जिम्मेवार कर्मचारीहरूको संलग्नतामा करोडौं रूपैयाँको चलखेल भएको भन्दै नेकपा (माओवादी केन्द्र)का माधव नारायण नगर कमिटी अध्यक्ष देव नारायण भगतले छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएका हुन् । मेयर यादवले मनपरी बिल पेस गर्ने, हरेक काम कारबाहीमा भ्रष्टाचार, अपार्दशी , मनमौजी किसिमले आर्थिक चलखेल गरेको देखिन आएकोले छानबिनको लागि उजुरी दिएको अध्यक्ष भगतले बताएका छन ।
माधव नारायण नगरपालिकाको आम सचेत नागरिक, संचारकर्मी, प्रशासनिक निकायको संयुक्त पहलमा मेयर र कर्मचारीले आपराधिक मानसिकतामा बिल बजेटको फाइल लुकाएर चोरी भएको आरोप लागेको अवस्थामा गत १ गते इलाका प्रहरी कार्यालय गरूडाबाट खटेर आएको प्रहरी टोलीले नगर कार्यपालिकाको कार्यालयबाट उक्त फाइल बरामद गरेको थियो ।
यसअघि लेखाको केही श्रेस्ता र महत्त्वपूर्ण कागजात लुकाएको आरोपमा माधव नारायण नगरपालिकाका केही करार सेवाका कार्यालय सहयोगी इलाका प्रहरी कार्यालय गरोडाको तारेखमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले लगाएको रेसिप्रोकल ट्यारिफः सुरुवात मात्र हो !
-
ट्रम्प प्रशासनले फिर्ता लियो यूएनको खाद्य कार्यक्रमको फन्डिङ कटौतीको निर्णय
-
युनुसलाई बङ्गलादेश चलाउने कुनै संवैधानिक अधिकार छैनः हसिना
-
तस्बिरमा हेर्नुहोस् अछाम आगलागीले पुर्याएको क्षति
-
नेपालको विजयी सुरुवात, ब्याट्सम्यानहरु लयमा देखिएपछि कतारलाई सजिलै हरायो
-
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी