मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

फेरि एम्बाप्पेलाई गिज्याउँदै गरेको देखिए अर्जेन्टिनी गोलकिपर मार्टिनेज

बुधबार, ०६ पुस २०७९, ०९ : २४
बुधबार, ०६ पुस २०७९

अर्जेन्टिनाका गोलकिपर इमिलानो मार्टिनेजले विश्वकपको उपाधिको खुसीयाली मनाउने क्रममा पुनः फ्रान्सका फरवार्ड किलियान एम्बाप्पेको मजाक उडाएका छन् । मार्टिनेजलाई एम्बाप्पेको अनुहारको तस्बिर भएको गुडिया बोकेर खुसीयाली मनाइरहेको पाइएको हो ।

एस्टन भिल्लाका गोलकिपरले कतार विश्वकपको लुसेल स्टेडियममा भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा फ्रान्सका दुईवटा प्रहार रोक्दै टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । ३० वर्षीय खेलाडीले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको रूपमा गोल्डन ग्लोबको अवार्ड हात पारेपछि गरेको आपत्तिजनक सङ्केत गरेपछि हेडलाइन बनेका थिए ।

त्यसपछि ड्रेसिङ रुममा अर्जेन्टिनाले खुसीयाली मनाउने क्रममा उनले फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेका लागि एक मिनेट मौनधारण गर्न आग्रह गरेका थिए ।

अहिले ब्युनोस आयर्समा विश्वकप उपाधिको खुसीयाली मनाउने क्रममा बसको माथि मेस्सीसँगै देखिएका उनले हातमा एम्बाप्पेको अनुहार टाँसिएको गुडिया बोकेको पाइएको छ । यसअघि मार्टिनेजले विश्वकपमा आफूविरुद्ध फ्रेन्च समर्थकहरुले हुटिङ गरेका कारण आपत्तिजनक सङ्केत गरेको स्पष्टीकरण दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप