सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

व्यक्तिगत चिठी आउँदैन हुलाकमा

बुधबार, ०६ पुस २०७९, ०७ : ४०
बुधबार, ०६ पुस २०७९

विगतका समयमा व्यक्तिगत तथा पारिवारिक चिठीले भरिभराउ हुने हुलाक कार्यालय पछिल्लो समय खाली जस्तै छ । मोबाइल फोन विस्तारले तीब्रता लिएसँगै इमेल, इन्टरनेट, फेसबुक, म्यासेन्जरसहित सामाजिक सञ्जालको प्रयोग बढेपछि पछिल्लो समय हुलाकमा व्यक्तिगत चिठीपत्र आउन छाडेको हो ।

दिनहुँ सयौं चिठीपत्र आउने हुलाक कार्यालयमा अहिले कहिलेकाहीं मात्रै चिठी आउने गरेका छन् । त्यो पनि व्यक्तिगत नभइ संघसंस्था र केही कार्यालय वा सदरमुकामबाट निस्कने पत्रपत्रिका मात्रै जिल्ला हुलाक कार्यालयमा पुग्छन् । विगतमा खासगरी विदेशबाट धेरै चिठीहरु आउने गरेको भए पनि अहिले चिठी आउन छाडेको जिल्ला हुलाक कार्यालय जुम्लाले जनाएको छ ।

पछिल्लो समय जिल्ला हुलाक कार्यालयमा व्यक्तिगत र पारिवारीक चिठी आउन छाडेको जिल्ला हुलाक कार्यालय जुम्लाका निमित्त प्रमुख गणेशदत्त रावलले बताए। प्रमाणहरु पेश गर्नुपर्ने चिठी र स्वदेश तथा विदेशमा पठाउनुपर्ने बताउँदै उनले पहिले–पहिले घरायसी र पत्रमित्रताका चिठीहरु थुप्रै आउने गरेपनि अहिले त्यो घटेको बताए। अहिले सरकारी चिठी वर्षमा ३० ( ४० सम्म मात्रै आउने गरेको हल्कारा भवानी जैशीले बताए। 

देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै हुलाकमा सामान्य चिठी मात्रै पुग्ने गरेका छन् । सबैको हातहातमा मोबाइल फोन र इन्टरनेटमाथि पहुँच बढेको हुँदा हुलाकमा चिठी आउने क्रम ह्वात्तै घटेको उनले जनाए। व्यक्तिगत रुपमा केही रजिष्टर चिठी र बैंक तथा वित्तीय संघसंस्थाका चिठीपत्र आउने गरेपनि पहिला–पहिला जस्तो गरी चिठी आउने क्रम घट्दै गएको सूचना अधिकारी गोरक बहादुर महत बताउँछन्।

मोबाइल फोनको तीव्र विस्तारले चिठी लेख्ने क्रम नै हराउँदै जान थालेको छ । सूचना आदानप्रदानको रुपमा कुनै समय एक अर्कालाई पठाउने प्रमुख माध्यम हुलाक र चिठी भए पनि अहिले त्यो सबै ठाउँ फोनले लिएको छ । मोबाइल फोन, टेलिफोनका साथै फेसबुक, ट्वीटर, म्यासेन्जर, भाइबर, इमो, ह्वाट्सएप, जस्ता सामाजिक सञ्जालहरुको प्रयोग चर्को रुपमा बढेको छ । सामाजिक सञ्जालको सहयोगले विश्वको कुनै एक ठाउँको खबरहरु छिनमै थाहा पाइने भएपछि चिठी पठाउने चलन घटेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप