श्रीलङ्काले आयात प्रतिबन्ध हटायो
श्रीलङ्काले मङ्गलबारदेखि लागू हुने गरी १० वस्तुमा आयात प्रतिबन्ध हटाएको छ । अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले १० वस्तुमध्ये इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सीसीटीभी क्यामेरा र खेलकुदका सामाग्री रहेको जनाकरी दिएका छन् ।
खेलकुद तथा युवा मामिला मन्त्रालयको अनुरोधका आधारमा खेलकुदका सामग्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरिएको उनले बताए ।
श्रीलङ्का सरकारले गत अगस्टमा १,४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर हाल ७ सय ९५ वस्तुमा लगाइएको प्रतिबन्ध हटाएको छ।
राज्यमन्त्रीले सन् २०२१ को लागि श्रीलङ्काको आयात बिल २०.६ बिलियन अमेरिकी डलर थियो । आयात प्रतिबन्धका कारण यो सङ्ख्या धेरै कम हने अपेक्षा गरिएको छ ।
उनले आर्थिक अवस्थालाई ध्यानमा राखी अन्य वस्तुमाथिको प्रतिबन्ध कहिले हटाउने भन्ने निर्णय सरकारले गर्ने पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्ताको समस्या समाधानमा उच्च तहबाट आँट गर्नुपर्छ
-
२२ वर्षीय युवक : अनलाइन मार्फत ठगेर काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स
-
सभामुखले बोलाए प्रमुख दलका मुख्य सचेतकलाई छलफलमा
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
वर्षा कुँवरले जितिन् ‘मिसेस ब्युटी क्विन नेपाल २०२५’को ताज