सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बन्चरे डाँडाका जनतामाथि अन्याय हुने छैन : सहरी मन्त्री चौधरी

मङ्गलबार, ०५ पुस २०७९, २० : ०९
मङ्गलबार, ०५ पुस २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने धारणा राखेका छन् ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले स्थानीय बासीसँग संवाद गर्दै भने, ‘यत्रो फोहोर जम्मा भइराछ । गन्ध निस्कन्छ । तपाईंहरुकै कारण काठमाडौँ सफा भएको छ । त्यसकारण तपाईंहरुका जायज माग सम्बोधन हुने छन् । अधिकांश माग पुरा हुने चरणमा पनि छन् ।’

सहरी विकास तथा भवन निर्माण विभाग, बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजना कार्यान्वयन इकाइका इन्जिनियर माधव कटुवालले बन्चरे डाँडाको काम दुई चरणमा गरिएको जानकारी दिए । 

‘पहिलो चरण अन्तर्गत सेडिमेन्टेसन ट्याङ्क, लिथेट ट्याङ्क, कर्मचारी तथा सुरक्षाकर्मी बस्ने भवन, सार्वजनिक शौचालय, गाडी मर्मत भवन, प्रवेशद्धार लगायतका निर्माण कार्य थिए । हामीले पहिलो चरणलाई सेल –१ र सेल–२ गरि दुई भागमा विभाजन गरेका थियौँ । सेल –१ को काम शतप्रतिशत सम्पन्न भइसकेको छ भने सेल–२ को ९५ प्रतिशत कार्य सम्पन्न भएको छ । त्यसैगरी दोस्रो चरण अन्तर्गत ड्याम निर्माण, पहिरो नियन्त्रण, सडक तथा नाला निर्माण गरि शतप्रतिशत काम सम्पन्न भइसकेको छ,’ इन्जिनियर कटुवालको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप