आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दुई घरमा आगलागी हुँदा ४२ लाख बढीको क्षति

मङ्गलबार, ०५ पुस २०७९, १९ : ४२
मङ्गलबार, ०५ पुस २०७९

सोलुखुम्बुमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ४२ लाख बढीको क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा ४२ लाख ८० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक रामकिशोर शाहकाअनुसार भक्तबहादुर राईको घरको भान्साकोठाबाट सुरु भएको आगोले भक्तबहादर र सँगै रहेको नौधनको घर समेत खरानीमा परिणत भएको हो ।

आगलागीबाट ढुङ्गामाटोले बनेको र टिनको छानो भएको राईद्वयको दुई/दुई तले घरसहित भित्र रहेको सबै धनमाल जलेर नष्ट हुँदा भक्त बहादुरको ३१ लाख रुपियाँ र नौधनको ११ लाख ८० हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप