पाकिस्तानमा ग्यास सिलिण्डर विष्फोट हुँदा १२ जनाको मृत्यु
![पाकिस्तानमा ग्यास सिलिण्डर विष्फोट हुँदा १२ जनाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/bharat_pakistan_kgG9jpm6Ll.webp)
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको लासबेला जिल्लाको एक बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार लासबेलाको बेला क्षेत्रमा अवस्थित ग्यास भर्ने पसलमा सिलिण्डरमा ग्यास भर्ने क्रममा विष्फोट हुँदा उक्त हताहति भएको हो । विष्फोटसँगै पसल वरपर भीषण आगो लागेको थियो । आगोमा परी २५ जना घाइते भएका तथा ती मध्ये १२ जनाको मृत्यु भएको हो ।
घाइेतहरूलाई तत्काल दक्षिण बन्दरगाह शहर कराँचीको सिभिल अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । अधिकांश घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
विष्फोटबाट शुरु भएको आगोले ग्यास भने पसलमा राखिएका अन्य सिलिण्डर पनि विष्फोट हुँदा नजिकैका चार वटा पसल तथा ‘पार्क’ गरिएका १२ वटा सवारी साधन ध्वस्त भएका छन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव नेपाल अध्यक्षमा सर्वसम्मत, केन्द्रीय कमिटीको सङ्ख्या बढाउने तयारी
-
नेपाल बैंक र काठमाडौँ महानगरपालिका बिच सम्झौता
-
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ अनिश्चितकालका लागि स्थगित
-
माओवादीबाट आजित भएर कांग्रेस र एमालेको समीकरण बन्यो : शेखर कोइराला
-
एकीकृत समाजवादीमा सर्वसम्मत नेतृत्व चयन हुन्छ : माधव नेपाल
-
राजनीतिक अस्थिरताले मन्त्रालयको काम चुस्त ढंगले गर्न सकिएनः मन्त्री जोशी