आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

करारमा कार्यरत कर्मचारीलाई ‘कर्णाली प्रोत्साहन भत्ता’ दिँदै कर्णाली सरकार

मङ्गलबार, ०५ पुस २०७९, १८ : ५०
मङ्गलबार, ०५ पुस २०७९

कर्णाली प्रदेश सरकारले स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीहरूलाई ‘कर्णाली प्रोत्साहन’ भत्ता दिने भएको छ । त्यसका लागि गत मंसिर २१ गते बसको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको हो ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा अनुसार आउने साउन महिनादेखि सुर्खेत जिल्लामा कार्यरत स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीले ४ हजार प्रोत्साहन भत्ता पाउने छन् । 

यस्तै सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा कार्यरत कर्मचारीलाई ६ हजार, कालिकोट र जुम्ला कार्यरतका लागि ८ र मुगु, डोल्पा र हुम्लाका कर्मचारीहरूलाई १० हजार ‘कर्णाली प्रोत्साहन भत्ता’ दिइने छ ।

मंगलबार सबै मन्त्रालय र प्रदेश मातहतका सम्पूर्ण कार्यालयहरूलाई उक्त निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले निर्देशन दिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप