मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बिन्दु बोहोरा रातोपाटीको ‘प्रेडिक्ट एण्ड विन’ अफरको बम्पर विजेता घोषित

सीजीको ३२ इन्चको टेलिभिजन प्राप्त गर्ने
मङ्गलबार, ०५ पुस २०७९, १८ : ३०
मङ्गलबार, ०५ पुस २०७९

कतारमा सम्पन्न विश्वकप फुटबल प्रतियोगिताको अवसरमा रातोपाटी डटकमले सञ्चालन गरेको ‘प्रेडिक्ट एण्ड विन’ अफर अन्तर्गत बम्पर विजेता घोषणा गरिएको छ ।  प्रतियोगिता अवधिमा प्रेडिक्ट एण्ड विनको विजेता बनेकाहरुमध्येबाट मंगलबार गोलाप्रथा गर्दा बिन्दु बोहोरा बम्पर विजेता घोषित भएकी हुन् ।  

रातोपाटीका प्रबन्ध निर्देशक अर्जुन पन्तले  फेसबुक लाइभका क्रममा ४२ विजेताहरू सबै समेटिएको बलबाट गोला तान्ने क्रममा बिन्दु विजेता चयन भएकी हुन् । उनले बम्पर अफरका रुपमा सीजीको ३२ इन्चको टेलिभिजन प्राप्त गरिन् । उनलाई छिट्टै रातोपाटीले प्रक्रिया पुरा गरेर टेलिभिजन हस्तान्तरण गर्ने प्रबन्ध निर्देशक पन्तले जानकारी दिए । बम्पर विजेता बोहोराले उपहार लिनका लागि रातोपाटीको कार्यालय कुपन्डोलमा सम्पर्क गर्नुपर्नेछ ।

  

यसअघि विश्वकपको प्रत्येक खेलमा प्रेडिक्ट गर्ने दर्शकलाई विभिन्न उपहार प्रदान गरिएको थियो ।  यस्तै प्रतियोगिताको अन्तिममा विजेतामध्यको एक जनालाई बम्पर पुरस्कार स्वरुप सीजी इलेक्ट्रोनिक्सको ३२ इन्चको टिभी दिने बाचाअनुसार आज विजेता छानिएको हो । जसअनुसार प्रेडिक्ट एण्ड विनका ४२ जना विजेताको नाम बलमा राखेर लक्की ड्र गरिएको थियो । 

यो कार्यक्रम सञ्चालन गर्न सिजि इलेक्ट्रोनिक्स, चिकेन स्टेसन, एफ क्यूव, भेटायो, महालक्ष्मी बिकास बैंक, जार रेस्टुरेन्ट, आर सी कोला र आर्या वेलनेसको स्पोन्सर रहेको बजार व्यवस्थापन प्रमुख राहूल श्रेष्ठले जानकारी दिए । यस्तै प्रेडिक्ट एण्ड विनमा विजेता भएका तर गिफ्ट ह्याम्पर लिन छुटेकाले पुस १५ गते भित्र सम्पर्क गर्न सक्नेछन् । यसैगरी फाइनल खेलमा छनोट भएका १० जनाले पनि पुस १५ गते भित्र रातोपाटीको कार्यालयमा सम्पर्क गरेर गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप