सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

महुली लघुवित्तले एफपीओ जारी गर्ने

मङ्गलबार, ०५ पुस २०७९, १८ : ०७
मङ्गलबार, ०५ पुस २०७९

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले चार लाख सोह्र हजार एक सय सत्चालीस कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्यसहित  सर्वसाधारणहरुमा नयाँ निष्काशन (एफपीओ) जारी गर्ने भएको हो । 
यसका लागि कम्पनीले सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त कार्यका लागि महुलीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठलेसम्झौता पत्रमा हस्ताक्षर  गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप