बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

यौन दुराचारको आरोप लागेका माओवादी नेता बजगाईँ को हुन् ?

मङ्गलबार, ०५ पुस २०७९, १७ : ०५
मङ्गलबार, ०५ पुस २०७९

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईँलाई यौन दुराचारको आरोप लगेपछि निलम्बनमा परेका छन् । अखिल क्रान्तिकारीका एक महिला नेतृलाई सामाजिक सञ्जाल फेसबुकमा अश्लील सन्देश पठाएपछि पार्टीले कारबाही गरेको हो ।

अखिल क्रान्तिकारीकी नेतृलाई यौन आशयका  सन्देश पठाएपछि उनको उजुरीका आधारमा पार्टीले बजगाईँलाई निलम्बन गरेको हो । बजगाईँले प्रायः रातको समयमा किशोरीहरूलाई यौन आशयको सन्देश पठाउने गरेको उनी निकट नेताहरू बताउँछन् । 

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट माओवादी केन्द्रमा भर्खरै प्रवेश गरेका थिए । बजगाईँ काठमाडौं ३ बाट समेत प्रतिनिधि सभा उम्मेदवार समेत भएका थिए । पार्टीले फिर्ता लिन निर्देशन दिएपछि निष्क्रिय भई बसेका थिए । बजगाईँले लामो समय मजदुर संगठनमा नेतृत्व समेत गरेका थिए ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप