‘कुसुमे रुमाल’ को विषयमा गजमेर र पौडेलको विवाद के हो ?

वरिष्ठ संगीतकार रञ्जित गजमेरले निर्माता तथा प्रदर्शक उद्धव पौडेललाई धोका दिएको आरोप लगाएका छन् । नयाँ पुस्तक ‘मोहनी मादलको’ भित्र उनले उद्धव पौडेलले फिल्म ‘कुसुमे रुमाल’ फिल्म लिएर आफूहरुलाई धोका दिएको आरोप लगाएका हुन् ।
निर्माता संघ र अदालतबाट समाधान भइसकेको विषय गजमेरले पुस्तक मार्फत फेरि सतहमा ल्याइदिए । पुस्तकमा जगमेरले उल्लेख गरेका छन् ‘हामीले अत्यन्त विश्वासका साथ पौडेलललाई कुसुमे रुमालको पहिलो प्रिन्ट थमाउँदै नेपाल पठायौं । तर, नेपाल पुगेर उहाँले त्यो फिल्म आफ्नो नाममा दर्ता गर्नुभएछ । फिल्म धुमधामले चल्यो । ठाउँठाउँमा सिल्भर जुबली र सय दिन पनि मनायो । फिल्मको कमाइबाट पौडेलले फिल्म हल निर्माण गर्नुभएको पनि सुनियो । तर, पौडेलले मुनाफाको एक पैसा पनि हामीलाई दिनुभएन । उहाँ एकाएक हामीसँग बैरी हुनुभयो । हाम्रोबीच त्यो बेलादेखि बन्द भएको बोलचाल आज पर्यन्त पनि कायमै छ ।’
यो विषयमा उद्धव पौडेलले भने २५ वर्ष अगाडि नै सकिएको कुरा फेरि उछालिएको बताए । पहिले सकिएको विषयमा अहिले विवाद निकाल्नु उचित नहुने उनको तर्क छ । ‘रञ्जित गजमेर फिल्मको आधिकारिक व्यक्ति नभएको र आधिकारीक व्यक्ति तुलसी घिमिरे हो’ पौडेलले भने, ‘तुलसीसँग यो कुरो पहिलै मिलिसकेको छ ।’ निर्माता संघका तत्कालिन महासचिव अशोक शर्माको पहलमा विवाद मिलेको पौडेलको भनाई रहेको छ ।
भुवन केसी, तृप्ती नाडकर अभिनित यो फिल्मले नेपाली बक्स अफिसमा धुम मच्चाएको थियो । फिल्मको शिर्ष गीत आज पनि सुपरहिट छ । उद्धव पौडेलले आफ्नै ब्यानरमा यसै फिल्मको सिक्वेल भनेर ‘कुसुमे रुमाल २’ पनि निर्माण गरिसकेका छन् । त्यो समय भने यसको विषयमा विवाद उत्पन्न भएको थिएन । गजमेरल ‘मोहनी मादलको’ पुस्तक सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सचिव नियुक्ति : प्रधानमन्त्रीले बाराकोटी, कांग्रेसले मिश्रा च्याप्दा बिचबाट यसरी फुत्किए विकास
-
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ
-
मटिहानीमा बन्यो पाँच शय्याको प्रसूतिगृह
-
जहाँ घरमा आगो भित्र्याएपछि मात्र होली सुरु हुन्छ
-
टाइम म्यागेजिनकाे विश्वका सय उत्कृष्ट ठाउँको सूचीमा नेपाल
-
प्रधानमन्त्री कप क्रिकेट : बाग्मतीद्वारा सुदूरपश्चिमलाई २६७ रनको लक्ष्य