बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थायित्व र रुपान्तरणको लागि गगनलाई अघि सारेका हौँः शेखर कोइराला

मङ्गलबार, ०५ पुस २०७९, १६ : २०
मङ्गलबार, ०५ पुस २०७९

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्थायित्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन् । 
मंगलबारकै पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावकका रुपमा काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उनले यस्तो बताएका हुन् । उनले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनहरुलाई हेर्दै अघि बढ्ने बताए ।  

उनले भने, ‘हामीहरुको बीचमा धेरै छलफल भयो । गगन थापाले भने जस्तै स्थायीत्व र निरन्तरताको लागि हामीले गगन थापालाई संसदीय दलको नेतामा अगाडि सारेका हौं । आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलीका दिनहरु हेर्दै जानुपर्छ । त्यो विषयमा गगनजीले बोलिसक्नुभएको छ ।’

नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप