सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

मङ्गलबार, ०५ पुस २०७९, १६ : १५
मङ्गलबार, ०५ पुस २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रुपमा लिङ्देनलाई संसदीय दलको नेता चयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी गराए । 

उनले दलको उपनेता, प्रमुख सचेतक लगायतको टुंगो भने पछि लगाइने बताए । मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधिसभामा राप्रपा १४ सिटमा विजयी भएको थियो । राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ जना निर्वाचित भएका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप