बलात्कार आरोपमा भक्तपुरबाट युवक पक्राउ
मङ्गलबार, ०५ पुस २०७९, १५ : ५६

बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–६ घर भएका २९ वर्षीय महमद आरिफ शेख छन् ।
सूर्यविनायक नगरपालिका–४ मोर्डन चोक बस्ने शेखले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । आरोपीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
किशोरीलाई शेखले सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा लगेर आइतबार राति जबरजस्ती करणी गरेको सूचनापछि प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता ‘डेट एक्सपायर’ भए : डाँगी
-
‘कोशी र रोशी खोलाको बाढीको क्षतिबारे सरकारले केही गरेन’
-
‘कसैले कोहीसँग भेटेर तस्बिर खिचाउँदैमा गठबन्धनमा कुनै असर पर्दैन’
-
केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन् : मन्त्री खड्का
-
भारत र पाकिस्तानबिच तनाव : चर्चामा चीनको ‘जे–१० सी’
-
पनौतीमा बाढीमा बगेकी महिलाको खोजी कार्य जारी