सेयर बजार १४.२२ अंकले वृद्धि, दुरसञ्चार कम्पनीको कारोबार सर्वाधिक
मङ्गलबार, ०५ पुस २०७९, १५ : ३९
साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक १४.२२ अंकले उकालो लागेर १८७३.११ विन्दुमा पुगेर रोकिएको छ ।
सोमबार भने सेयर बजारमा करिब चार अंकले वृद्धि भएको थियो । मंगलबार २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको र ९३ करोड ८ लाखभन्दा बढीको कारोबार भएको छ ।
यस्तै, नेपाल दुरसञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता सिभिल बैंकको ४ करोड भन्दा बढीको कारोबार भएको छ ।
आँधिखोला लघुवित्त वित्तिय संस्थाको र सृजनशील लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । १३ वटा उपसूचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन र अन्य इन्डेक्समा २ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : काठमाडौं जिल्ला अदालत उपस्थित भएका रवि फेरि प्रहरी हिरासतमादेखि टियू अन्तर्गतका २४ क्याम्पस प्रमुखको नियुक्तिसम्म
-
चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द
-
केही सञ्चारमाध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत
-
ललितपुर महानगरद्वारा पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति
-
यस्ता छन् नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर–सरकारी समिति बैठकका निर्णय
-
त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न २४ वटा क्याम्पसका क्याम्पस प्रमुख नियुक्त