सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउण्टर

मङ्गलबार, ०५ पुस २०७९, १५ : २२
मङ्गलबार, ०५ पुस २०७९

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तेस्रो विस्तारित काउण्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट दिन थालेको छ ।  कलंकी शाखाको मातहतमा रहनेगरी विस्तारित काउन्टर सुरु गरिएको बैंकले जनाएको छ । 
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको समुपस्थितिमा उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याइएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर र लमजुङ जिल्लामा राइनास विस्तारित काउण्टर सेवा संचालनमा ल्याई सकेको छ । 

विस्तारित काउण्टर मार्फत आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप