आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

माधव नेपाल टिचिङ अस्पताल भर्ना

मङ्गलबार, ०५ पुस २०७९, १५ : १३
मङ्गलबार, ०५ पुस २०७९

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ । 

अध्यक्ष नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको छ । संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको पनि सचिवालयको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप