बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सरकार गठन गर्न लेनदेन र सेटिङ हुनु डरलाग्दो संकेत हो : केपी ओली

मङ्गलबार, ०५ पुस २०७९, १५ : ११
मङ्गलबार, ०५ पुस २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका राजनीतिक दलहरु स्वार्थ, लेनदेन र गठबन्धनका आधारमा चलेको भन्दै देशमा अन्योलता बढेको बताएका छन् । नवनिर्वाचिन सांसदहरुलाई बधाई तथा शुभकामना दिन काठमाडौंको कमलादीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले स्वार्थ र लेनदेनका आधारमा पार्टी र सरकार चल्न थालको भन्दै देश गम्भीर अस्थिरतातर्फ गएको बताए । 

उनले सरकार केका लागि बन्ने भन्ने नै स्पष्ट नभएको पनि बताए । उनले विकास र सुशासनलाई कमजोर पार्ने खेल अनुसार सरकार गठन हुन गइरहेको बताए । ‘यि उद्देश्यका लागि अहिले सरकार बन्ने अभ्यास भइरहेको छैन । यिनका विपरित र यि कुरालाई कमजोर पार्न सरकार बन्ने खेल अहिले चलिरहेको छ’, ओलीले सत्ता गठबन्धनले गठन गर्न लागेको सरकारप्रति टिप्पणी गर्दै भने,‘जुन देशका लागि दुखदमात्रै होइन डरलाग्दो संकेत हो ।’  

अध्यक्ष ओलीले त्यसैले पार्टीबाट नवनिर्वाचित सांसदहरुलाई आफूले खेल्नुपर्ने भूमिकाका बारेमा गम्भीर बन्न निर्देशन दिएका छन् । उनले जनप्रतिनिधिले साच्चैको भूमिका खेल्न जरुरी रहेको भन्दै पार्टीको नीति र निर्देशनअनुसार संसद र संसद बाहिर पनि भूमिका निर्वाह गर्नुपर्ने आवस्यक्ता रहेकोमा सचेत समेत गराए । 

‘साँच्चो जनप्रतिनिधि कस्तो हुन्छ ? साच्चैको जनप्रतिनिधिले बाहिर कस्तो र संसदमा कस्तो भुमिका खेल्नुपर्छ ? यि कुराहरूमा अत्यन्तै गम्भीरतापुर्वक ध्यान दिनु र क्रियाशील हुन जरुरी छ’, ओलीको भनाइ छ ।  उनले त्यो भूमिकाका लागि अध्ययनशील बन्न, स्पष्टताका साथ प्रस्तुत र टिम स्पिरिटमा पार्टी र दलका निर्देशन पालनामा जोड दिन निर्देशन दिए । उनले पार्टीभन्दा आफै जान्ने, गुटगत क्रियाकलाप गर्नु आन्दोलनलाई गम्भीर क्षति पुर्याउने भन्दै त्यस विषयमा पार्टी जोगिदै पनि आएको बताए । उनले यो बीचमा देशलाई अकर्मण्य बनाइएको भन्दै अव त्यसलाई जोगाउन आफ्नो भूमिका प्रभावकारी बनाउन जरुरी रहेको बताए । 

उनले फेरि पनि लेनदेन र सेटिङको आशंका गर्दै भने, ‘फेरि लेनदेन र फेरि सेटिङतर्फ देश जान थालेको छ । हिजो चारवटा राष्ट्रिय पार्टी थिए । अहिले ७ पार्टी भएका छन् । तर कस्तो सरकार र कसको नेतृत्वमा बन्छ भन्ने अन्योलको स्थिति छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । उनले राजनीतिक दलको परिभाषा नै अस्पष्ट भएको भन्दै दलहरुको स्पष्ट नीति उद्देश्य र गन्तव्यका आधारमा दल गठन हुनुपर्नेमा आजका सत्ता गठबन्धन दलको कुनै उद्देश्य र नीति नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप