बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ओलीले भने–धाँधली गरेर एमालेको विजय खोसियो

मङ्गलबार, ०५ पुस २०७९, १५ : ०२
मङ्गलबार, ०५ पुस २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ दलले मंसिरको निर्वाचनमा एमालेविरुद्ध घेराबन्दी धाँधली र बुथ क्याप्चर गरेर एमालेको विजय रोकेको आरोप लगाएका छन् । नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चौतर्फी घेरावन्दीकाबीच पनि एमालेले लोकप्रिय मत ल्याउन सफल भएको बताए ।

‘धाँधली, बुथ क्याप्चर, राज्यशक्तिको चरम दुरुपयोग र सार्वभौम जनताले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसियो र हाम्रो विजय रोक्न खोजियो’, ओलीले भने, ‘यस्तो गतिविधि जनताको सार्वभौमसत्ता, संविधान, कानुनी राज माथिको प्रहार हो । लोकतान्त्रिक अभ्यासमाथिको प्रहार हो ।’

उनले चुनावमा एमालेलाई धुलो चटाउँछौं भन्नेहरुले अहिले एमाले कहाँ छ भने ख्याल गर्नुपर्ने बताए । केहीले चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ पनि भनेको तर अहिले कहाँ छ भन्ने संसारले थाहा पाएको बताए । उनले एकता र सहकार्य गर्दै झण्डै दुई तिहाइको बनाएपनि त्यसलाई कमजोर बनाएको बताए ।

 ‘म फेरि पनि भन्छु हाम्रो विजय खोसिएको छ राज्यसत्ता र राज्यका अंगहरुको दुरुपयोग भएको छ ।’ उनले जनताको मताधिकार खोसिएको तथा चुनावमा धेरै मानिस अंगभंग र घाइते भएको बताए । उनले निर्वाचन सम्पन्न गराउने भुमिका पाएको निर्वाचन आयोगको भूमिका समेत निश्पक्ष हुन नसकेको भन्दै धाँधली र बुथक्याप्चर गरेको थाहा हुँदाहुदै पनि पुन निर्वाचन नगरिएको, मरेका मान्छेको भोट हालिएको भन्दै आगामी दिनमा पनि यस्ता अलोकतान्त्रिक कृयाकलापहरुलाई रोक्नसक्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप