बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीप पौडेल पनि गगन क्याम्पमा, संसदीय दलको नेतामा देउवाले पाएनन् साथ

मङ्गलबार, ०५ पुस २०७९, १४ : ४५
मङ्गलबार, ०५ पुस २०७९

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापा क्याम्पमा पुगेका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा पौडेलले थापालाई साथ दिएका हुन् । 

पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका उनी निर्वाचनबाट विजयी भएसँगै देउवालाई छाडेर गगन क्याम्पतर्फ पुगेका हुन् । पौडेल काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । 

संसदीय दलको निर्वाचनमा पौडेलसँगै उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माकाे पनि समर्थन रशेकाे छ । प्रस्तावकमा भने डा शेखर कोइराला रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप